एमालेका जिल्ला नेताहरु चढेको कार दुर्घटना, ५ जना घाइते


सप्तरी — नेकपा एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जाँदै गरेको निजी गाडी दुर्घटना भएको छ ।

राजविराजको छप्कीमा गाडी दुर्घटना हुँदा जिल्ला कमिटी सदस्य कमरेडहरु किरण पन्थ, हरिहर बस्नेत, भूवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएको नेकपा एमालेका नेता योगेश भट्टराईले जनाए । घाइतेहरुको राजविराज अस्पतालमा उपचार भैरहेको पनि भट्टराईले जनाएका छन् ।

जिल्ला कमिटीको बैठकका लागि जाँदै गरेका ती नेताहरु चढेको कार सडक किनारमा उत्तानो परेको थियो ।

प्रतिक्रिया