नेपाली समाज भगवानसँग पनि डराउन छाडेको छः ओली


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए ।

अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताए । उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेहरुसँग रमाउन थालेको बताए ।

अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताए । उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताए ।

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया