पौडेल पक्षको सभापतिहरूको भेला स्थगित


काठमाडाैं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबारका लागि बोलाएको जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ।

सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएपछि सोही दिन बिहान ११ बजेका लागि तय गरिएको पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षले पार्टीको १४औं महाधिवेशन, प्रतिनिधि सभा विघटनसहितका विषयमा सभापतिलाई दबाब दिन बिहान ११ बजे आफू निकटका जिल्ला सभापति, सांसद, पूर्व सांसद, जिल्ला सभापतिसहितका नेताहरूको भेला बोलाएको थियो।

नेता पौडेलले बुधबार नै केन्द्रीय समितिको बैठक बोलाइएकाले पार्टी कार्यालयमा बोलाइएको जिल्ला सभापतिसहितका नेताहरूको बैठक स्थगित गरिएको जानकारी दिए।

कांग्रेसमा प्रतिनिधि सभा विघटनलाई लिएर मतभेद देखिएको छ। देउवा पक्षले प्रतिनिधि सभा पुनःस्थापनाको विषय उठाउन नहुनेमा जोड दिइरहेको छ भने पौडेल पक्षले संसद पुनःस्थापना हुनुपर्ने मागसहित सडक आन्दोलनलाई व्यापक बनाउनुर्ने बताइरहेको छ।

यद्यपि गत पुस ५ गते गरिएको संसद विघटनको कदमलाई असंवैधानिक भनेर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ। सोमबार मात्र कांग्रेसले देशैभर प्रदर्शन गरेको छ।

प्रतिक्रिया