गल्ती सार्वजनिक भएपछि डिएसपी क्षत्रीले दिन थाले माथाहतका प्रहरीलाई ‘धम्की’


काठमाडौं– सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रदिप क्षत्रीले एक जना प्रहरी जवानलाई नियमविपरित घरेलु कामदारमा खटाएको सार्वजनिक भएपछि माथाहतका प्रहरीलाई धम्की दिन थालेका छन्।

उनको यस्तो गैरकानुनी कामबारेको विवरण सार्वजनिक भएपछि अहिले माथाहतका प्रहरी कर्मचारीलाई ‘कल डिटेल्स निकाल्छु, समाचार आएर केही हुँदैन’ भन्दै माथाहतका कर्मचारीलाई मानसिक दबाब दिएको खुलेको हो।

विभागमै दरबन्दी भएका प्रहरी जवान वीरेन्द्र धामीलाई बुढानिलकण्ठस्थित डिएसपी क्षत्रीको घरमा कामदारका रुपमा खटाइएको विवरण सतहमा आएको थियो। विभागमा प्रहरी अधिकारीको बैठक बसी सूचना बाहिर नलान भनिएको थियो। तर आफ्नो नामै मुछेर आएपछि क्षत्री कर्मचारीमाथि आक्रामक रुपमा हावी हुन थालेका हुन्।

जवान धामीले महिनामा एक दिन विभागमा जाने र महिनाभरीको हाजिरी गर्दै आएका छन्। तर काम भने डिएसपी क्षत्रीको घरमा गर्दै आएको बताइएको थियो।

यसअघि निजामति कर्मचारीको कार्यकक्षमा हुने प्रहरी कर्मचारीको पनि हाजिरी खाता प्रहरीकै कार्यकक्षमा लगिएपछि डिएसपी क्षत्रीको यस्तो मनोपोली चलेको खुलेको थियो।

प्रतिक्रिया