पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ


काठमाडौँ – पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले बताए । पूर्वसांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो ।

बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको एआईजी ज्ञवालीले जानकारी दिए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया