भोटेबहालमा इनारमा डुबेर २ जनाको मृत्यु


काठमाडौं – काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । इनारमा रहेको मोटर बिग्रिए पछि निकाल्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।

झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् ।

दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।

प्रतिक्रिया