कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु


बाँके – बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको हो ।

मायारानीको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया