

राष्ट्रिय झन्डामा बेरेर रसियामा ड्रग्स सप्लाई गर्थे राउत, १२ बर्षपछि प्रहरीले समात्यो

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले १२ बर्षदेखि फरार रहेका स्याङ्जाका टेकबहादुर राउतलाई पक्राउ गरी कानुनी कारबाही थालेको छ।
शनिबार पुल्चोकबाट नियन्त्रणमा लिइएका राउत नेपालको राष्ट्रिय झण्डामा बेरेर लागू औषध (ड्रग्स) रसिया लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।
रसियन लागू औषध कारोबारी पक्राउ परेपछि राउतलाई प्रहरीले खोजेको थियो। राउतसँगै मिलेर कारोबार गर्ने रसियन नागरिकका आधारमा नै प्रहरी पक्राउ गर्न सफल भएको हो। लागू औषध मुद्दामा पक्राउ परेर छुटेलगत्तै रावतले विमानस्थलबाट नेपालको झण्डामा बेरेर लागूऔषध रसिया लैजाने गरेको पाएपछि प्रहरीमा जाहेरी परेको थियो।
प्रहरीमा जाहेरी परेपछि राउत फरार थिए। प्रहरीको आँखा छलेर उनी बेलामौका काठमाडौं आउने जाने गरेका थिए।

