अत्यधिक गर्मीका कारण पालुङ्टारका विद्यालय तीन दिन बन्द


गोरखा – अत्यधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिका भित्रका विद्यालयहरू बन्द गरिएका छन्। नगरपालिका अन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो।

नगरकार्यपालिका बैठकको निर्णय अनुसार विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ। ‘पालुङटार नगरपालिकाको जेठ २६ गतेको निर्णय अनुसार बिगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो
आइतबारदेखि मंगलबारसम्म बर्खे बिदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरू बन्द गरिएको छ’, सो सूचनामा लेखिएको छ।

‘एक हप्ताभित्र मनसुन आउला भन्ने आशाले आगामी तीन दिन बिदा गरिएको हो’, उनले भने, ‘अब असार लागेपछि त यस्तै नहोला भन्ने आशा छ।’ पालुङटार नगरपालिकामा सामुदायिक र संस्थागत गरी ५३ वटा विद्यालय छन्।

प्रतिक्रिया