काभा भलिबलः कजाकिस्तानलाई पराजित गर्दै भारत बन्यो च्याम्पियन, नेपाल तेस्रो


काठमाडौं – एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कप भारतले हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न फाइनल खेलमा भारतले कजाकिस्तानलाई ३–० को सोझोसेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनलमा भारतले लगातार तीन सेटमा जित हात पार्दै च्याम्पियन बनेको हो ।

भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र अन्तिम सेट २५–१८ ले जित हात पार्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा नेपाल तेस्रो भएको छ । आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकालेको थियो ।

हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाँै, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो ।

खेलमा पहिलो सेट उज्वेकिस्तानले २५–२० ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५–१६ ले जितेर खेलमा फर्किएयो । यसैगरी खेलको तेस्रो सेट  २५–१५ र चौथो सेट २५–१३ ले जित्यो ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया