प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत १२ लाख व्यक्ति रोजगार


काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा अहिलेसम्म सम्म १२ लाख १० हजार २८२ व्यक्तिले रोजगारी पाएका छन्।

अर्थमन्त्री डा प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार १० लाख ९२ हजार ६ सय ५३ व्यक्ति आंशिक रोजगारी र १ लाख १७ हजार १५५ पूर्ण गरी १२ लाख १० हजार २८२ व्यक्तिले पूर्ण रोजगारी पाएको बताइएको छ ।

२०७९/०८० को फागुनसम्म १ लाख ३१ हजार ४ सय ७१ व्यक्तिले आंशिक रोजगारी र ११ हजार २ सय ३२ व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका छन्। सो कार्यक्रमबाट आर्थिक वर्ष २०७०/०७१ मा १ लाख ४ हजार ६ सय २९ व्यक्तिले आंशिक रोजगारी र २२ हजार ४९ व्यक्तिले पूर्ण रोजगारी पाएका थिए।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० फागुनसम्म ७३५ स्थानीय तहले लाख ४१ हजार बेरोजगार व्यक्ति सूचीकृत गरेका छन्। जसमध्ये ४५ हजार २ सय ९१ रोजगारीको लागि छनोट भएकोमा १४ हजार ८४ ले रोजगारी प्राप्त गरेका छन्। त्यसैगरी, आर्थिक वर्ष २०७०/०७१ मा सूचीकृत ७ लाख २४५ मध्ये १ लाख ६२ हजारले रोजगारी प्राप्त गरेका थिए।

प्रधानमत्री रोजगार कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गरी सूचीकृत बेरोजगारलाई रोजगारीका अवसर उपलब्ध गराउन रोजगार संयोजक ६८६ प्राविधिक सहायक ६७४ र रोजगार सहायक ५०७ गरी २०३९ फागुनसम्म १८६८ जनशक्ति कार्यरत रहेका छन्।

प्रतिक्रिया