
७० वर्षीया वृद्धालाई करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं – ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय एक पुरूष पक्राउ परेका छन् ।
बर्दिया जिल्लाको मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती ७० वर्षीया वृद्धा महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
