रुपन्देही जिल्ला अदालतका दुई नापी निरीक्षकविरुद्ध मुद्धा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाई र मनोज थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वयले सेवाग्राहीसँग ५ हजार घुस लिएको आरोप लागेको छ । आरोपीद्वयलाई बिगो अनुसारको कारवाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया