

काभा महिला भलिबल च्यालेन्ज कप सुरु(फोटोफिचर)

काठमाडौं – काठमाडौंमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला भलिबल च्यालेन्ज कप- २०२३ सोमबारबाट सुरु भएको छ । अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल भइरहेको छ ।
यसैगरी सोमबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझे सेटमा र उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३-० को सोझो सोटमा जित निकालेर विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा खेल भएका छन् । आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ’ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

