
कैलालीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन
धनगढी – कैलालीको धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरिएको छ। धनगढी रंगशालामा सोमबार पूर्वराजा शाहलाई अभिनन्दन गरिएको हो।
नेपालगञ्जबाट आफैं गाडी चलाएर पूर्वाराजा शाह कैलाली पुगेका थिए। उनीसँगै हिमानी शाह पनि कैलाली पुगेकी छन्। उनीहरू रुबस होटलमा बसेका छन्।
पूर्वाराजा शाहलाई अभिनन्दन गर्न जयन्त चन्दको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो।



कागजपत्र |
