सरकारले फासीवादी तरिका अपनाएको सन्देश दियो : सुरेन्द्र पाण्डे


काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले फासीवादी तरिका अपनाउन खोजेको सन्देश दिएको बताएका छन् ।

रामकुमारी झाँक्री नेता मात्रै नभएर विधायक समेत भएकाले उनको पक्राउ लोकतन्त्रमाथिको धावा भएको पाण्डेले बताए । ‘मानिसहरूको मुख बन्द गरेर शासन चलाउने फासीवादी तरिका सुरु भयो’ पाण्डेले भने, ‘रामकुमारी झाँक्री ल मेकर पनि हुनुहुन्छ । उहाँमाथि पक्राउ गरेर अब बाँकी कोही मानिस सुरक्षित छैन भन्ने सन्देश दिइएको छ ।’

सरकारले नागरिकको मुख बन्द गरेर शासन गर्ने पञ्चायती शैली अपनाइएको पाण्डेले बताए । ‘मुख बन्द गरेर, चुप लगाएर शासन गर्ने भन्ने कुरा पञ्चायत र राजतन्त्रले पनि नसकेर आफैँ समाप्त भएको इतिहास साक्षी छ । यो कदम जति निन्दा गरेपनि कम हुन्छ’, नेता पाण्डेले भने ।

प्रतिक्रिया