
पुलबाट हामफालेका हर्कमान माझीको जीवितै उद्धार
रामेछाप – जिल्लाको मन्थली नगरपालिका-१ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका एक जनाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
मन्थली-७ वडारेका २५ वर्षीय हर्कमान माझी बिहीबार नदीमा पुलबाट हाम फालेका थिए।
हामफालेको देखेपछि सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोलीले उनलाई जिवितै उद्धार गरेको हो।
उनलाई उपचारका लागि मन्थली अस्पतालमा पठाइएको छ।



कागजपत्र |
