पोर्चुगलमा बिरामी परेका रवीन्द्र एनआरएनएको सहयोगमा स्वदेश फिर्ता, काे हुन् उनी?


पोर्चुगल – पोर्चुगलमा बिरामी परेका काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतमलाई एनआरएनएले आर्थिक सहयोग गरेर स्वदेश पठाएको छ ।

चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतम अल्सर र मानसिक समस्याबाट पीडित भएपछि गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।

सङ्घका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिए ।

सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।

प्रतिक्रिया