भारतमा एक नेपालीको शव फेला


धनगढी – भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् ।

भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।

मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ ।

व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियाणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया