


चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई २१ वटा ड्रोन सहयोग गर्ने

काठमाडौं – चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई २१ वटा ड्रोन सहयोग गर्ने भएको छ। सोमबार चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाएका हुन्।
राजदूत सोङले उक्त ड्रोनहरू छिट्टै नेपाल प्रहरी हस्तान्तरण गर्ने बताएको गृहमन्त्रीको सचिवालयको जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागिसमेत सम्बन्धित निकायसँग आग्रह गर्ने बताए।
उनले दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने बताए।
विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाहरूको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरेका थिए।

