थप १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सोही समयमा ११८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका सहित कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् । हालसम्म नेपालमा २ हजार ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया