स्वास्थ्य मन्त्री बस्नेतद्वारा पदभार ग्रहण


काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेका छन् । आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार पनि ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्नेतलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले बुधबार नै बस्नेतसहित नेपाली कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया