सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा सुनुवाई हुने भएको हो ।

नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो ।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।

प्रतिक्रिया