बजेटबारे छलफलका लागि कांग्रेस संसदीयल दल बैठक जारी


काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट कस्तो ल्याउने भन्नेबारे कांग्रेसले आफ्ना सांसदहरुको सुझाव लिइरहेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा जनातामा आशा जागृत हुने गरी आगामी बजेट ल्याउनुपर्ने बताएका थिए । यस्तै अर्थमन्त्री ड। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरे ।

विगतको भन्दा बजेट घटेर आउने अर्थमन्त्री मतहतको भनाइ छ । अर्थमन्त्रीको बिफ्रिङपछि सांसदहरुलाई धारणा राख्न ‘फ्लोर ओपन’ गरिएको छ । एकजना सांसदलाई सुझाव राख्न तीन मिटेटको समय तोकिएको छ ।

प्रतिक्रिया