
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै
पोखरा – गण्डकी प्रदेश प्रदेशसभाको बैठक सुरु भएको छ । आजको प्रदेशसभा बैठकबाट मुख्यान्त्री खगराज अधिकारीले विश्वासको मत लिंदै छन् ।
शनिबार दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् ।
उनले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाएका छन् ।



कागजपत्र |
