

कपनमा महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो ।
उनको अवस्था गम्भीर भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको स्थानीयले जानकारी दिएका छन् ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

