

युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्ने गरेपछि ब्युरोमा निवेदन परेको थियो ।
सोही निवेदनमा प्रहरीले रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं। ५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको हो । उनलाई रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालत काठमाडौँबाट दिन ७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

