बढुवा सिफारिसमा नपरेपछि दुई एसएसपीले दिए उजुरी


काठमाडौं – नेपाल प्रहरीका १३ प्रहरी बरिष्ट उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ ।

बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् ।

बढुवा समितिको चैत २९ गते बसेको  बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले  सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको थियो  । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।

प्रतिक्रिया