खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ


काठमाडाैं – नवलपरासी (पूर्व) र तनहुँमा जुवातास खेलिरहेका बेला १३ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय बिष्णु सापकोटा समेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँकाे ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा सहित आठजनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया