अनलाइन माध्यम प्रयोग गरी ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ


काठमाडौं — अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

राजधानीमा अवैध रुपमा कार्यालय नै सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसर पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकन्ठ र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट मोबाइल, ल्यापटपलगायतका सामाग्रीहरू बरामद भएको पनि प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र वाइफाइ राउटर ४ थान पनि बरामद भएको छ।

साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ।

प्रतिक्रिया