४ किलो गाँजा र अवैध भारतीय रूपैयाँसहित एक पक्राउ


 

सर्लाही – विष्णु गाउँपालिका-५ फेन्हराबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित भारत सितामढी सुपी थाना मोहनी मंडल पोष्ट मोहनी मंडल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया