

सुर्खेतमा कुकुरले घिसार्दै गरेको अवस्थामा शिशुको शव फेला

सुर्खेत – सुर्खेतमा एक नवजात शिशुको शव फेला परेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित शङ्कर चोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।
बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शिशुको घाँटीमा एअर फोन बेरिएको छ ।
प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

