दैलेखमा कुटपिटबाट गम्भीर घाइते भएका बिकको मृत्यु


दैलेख – दैलेखमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको नारायण नगरपालिका-११ का ५२ वर्षीय गगनबहादुर बिकको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए।

सोमबार होली पर्वको दिन दिउँसोको समयमा बिकलाई स्थानीय २६ वर्षीय तुलबहादुर सिंह र २१ वर्षीय भुपेन्द्रबहादुर बुढाले कुटपिट गरेका थिए। सिंह र बुढाको कुटपिटबाट बिकको टाउको, निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

कुटपिटका कारण गम्भीर घाइते भएका बिकलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको थियो। घाइते बिकको उपचारका क्रममा सोमबार राती नै मृत्यु भएको डीएसपी लम्सालले जानकारी दिए।

कुटपिट गर्ने दुवै जनालाई प्रहरी पक्राउ गरिसकेको छ। डीएसपी लम्सालका अनुसार २६ वर्षीय तुलबहादुर सिंह र २१ वर्षीय भुपेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई नारायण नगरपालिका-७ स्थित जंगलबाट नियन्त्रणमा लिइएको डीएसपी लम्सालले बताए। प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया