
एन्फाले फुटबलको विकास गर्न विभिन्न देशसँग द्विपक्षीय सम्झौता गर्ने
काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलको विकासका लागि विभिन्न देशका फुटबल संघसँग द्विपक्षीय सम्झौता गर्ने भएको छ।बुधबारको बैठकले खेलको विकास गर्न विभिन्न देशसँग सहकार्य गर्ने निर्णय गरेको हो।
एन्फा कार्यसमितिको बुधबारको बैठकले विभिन्न २० निर्णय गरेको छ। एन्फाका महासचिव किरण राईले बैठकका निर्णय बारे जानकारी गराउँदै आगामी चैत्र ६ देखि १७ सम्म हुने ‘प्रधानमन्त्री थ्रिनेसन कप’ दशरथ रंगशालामा गर्ने निर्णय गरेको छ। प्रतियोगितामा नेपालसहित, भुटान, लाओस सहभागी हुनेछन्।
एन्फाले जिल्ला लिग २०२३ वैशाखदेखि सन्चालन गर्ने निर्णय गरेको छ। कोभिड महामारी तथा अन्य विभिन्न कारणले स्थगित भएको राष्ट्रिय महिला लिग २०७८ लाई अंकको आधारमा पहिलो, दोस्रो, तेस्रो स्थान निर्धारण गरी क्रमश: ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरेको महासचिव राईले बताए।



कागजपत्र |
