राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले ८ दलका सांसदहरूलाई अभिमुखीकरण दिने


काठमाडौं – नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउन सांसदहरूलाई अभिमुखीकरण दिने भएको छ। कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा रहेका आठ दलकै सांसदहरूलाई अभिमुखीकरण दिने भएको हो।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि पौडेल आठ दलबाट साझा उम्मेदवार बनेका छन्। कांग्रेसले भोलि १ बजे काठमाडौंमा कार्यक्रम गर्दैछ।

आठ दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्त पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रतिक्रिया