बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने भारतीयसहित एक युवती पक्राउ


काठमाडौं – बेलायत पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार छन् ।

सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजषारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेको र उनले फोटो, पार्सपोर्ट, नागरसकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने गर्ने गरेको अनुसन्धानबाट खुलेको राठौरले जनाए ।

पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेका थिए ।

प्रहरीका अनुसार पैसा भने सुनिता परियारको खातामा पठाउने लगाउने गरेका थिए । प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ ।

उनीहरुविरुद्ध ४ जनाले उजुरी दिएको प्रहरी उपरीक्षक राठौरले बताए । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया