
पुरानो बसपार्क भ्युटावरका ठेकेदार भेटवाल पक्राउ
काठमाडौं – पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गरे । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन । आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिनेछ । उनी यसअघि पनि पक्राउ परेका थिए ।



कागजपत्र |
