डीआईजी अशोक सिंहले दिए राजीनामा


काठमाडौं – नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)अशोक सिंहले राजीनामा दिएका छन् ।

उनले बुधबार अपराह्न प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका हुन् । प्रहरी प्रधान कार्यालयले विधिवत रूपमा उनको राजीनामा बुझेको उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् । राजीनामाअघि उनले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतसँग छलफल गरेका थिए ।

प्रहरी नियमावलीको नियम १२९ उपनियम (ख) अनुसार प्रहरी महानिरीक्षकको सिफारिसमा एसएसपी र डीआईजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्ने व्यवस्था छ ।

सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

प्रतिक्रिया