नेपाल र भारत दोस्रो मैत्रीपूर्ण खेलमा पनि बराबरी


काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया