

प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई दिए बधाई, पुरस्कृत गर्ने प्रतिबद्धता

काठमाडौं — प्रधानमन्त्री पुष्प कमल दाहालले राजधानीमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीहरुको प्रशंसा गरेका छन् ।
उनले उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल नेपाली टिमलाई बधाई ज्ञापन गरेका छन् । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने घोषण गरेका छन् ।
प्रचण्डले ट्वीटरमा भनेका छन्, ‘काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु’अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु।’
नेपालले पहिलो र तेस्रो खेलमा नामिबिया, दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
काठमाडौंमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप ‘लिग-टु’अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रर्दशनबाट लगातार तेश्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु। pic.twitter.com/p7yKvElM3D
— ☭ Comrade Prachanda (@cmprachanda) February 18, 2023

