


भ्याक्सिन नेशनालिज्मको नीति अपनायो भने त्यसले खतरा बढाउन सक्छ : डब्ल्यूएचओ

जेनेभा – कोरोना भाइरसको संक्रमणले सारा विश्व अझै पनि ग्रस्त छ । धेरै लामाे समयकाे अन्तराल पछि कोरोनाको खोप आइसकेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का निर्देशक जनरल अधोनम घेब्रेयेससले कोरोना भ्याक्सिन र त्यसलाई लिएर केही देशले राष्ट्रवादी रवैया अपनाए खतरा झन बढ्ने बताएका छन् ।
‘यदि कुनै देशले भ्याक्सिन नेशनालिज्मको नीति अपनायो भने त्यसले खतरा बढाउन सक्छ । हामी यसबाट बच्नुपर्छ । यसो भएन भने यसबाट भाइरस म्यूटेन्ट बढ्छ । स्पष्ट रुपले भन्नु पर्दा आपसी सहयोगबिना हामी यो महामारी माथि नियन्त्रण गर्न सक्दैनौं ।’
डब्ल्यूएचओका प्रमुख भन्छन्, ‘संसारको जनसंख्याको एउटा भाग खोपबाट टाढा रह्यो भने त्यसले भाइरसको शक्ति बढ्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । भेरिएन्ट देखिन पनि सक्छ ।’

