प्रतिनिधि सभा विघटनविरुद्ध विद्यार्थीले गरे ‘चक्काजाम’, यस्ताे छ आगामी कार्यक्रम


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका विद्यार्थीले आज १५ मिनेट चक्काजाम गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको प्रचण्ड–माधव पक्षआवद्ध अनेरास्ववियूले काठमाडौंका हरेक क्याम्पस अगाडि १५ मिनेट चक्काजाम गरेको हो।

यसअघि विद्यार्थीहरूले र्‍याली र प्रदर्शन गर्दै आएका थिए। प्रचण्ड–माधव नेतृत्वको नेकपाले पनि धर्ना, विरोध सभा र प्रदर्शन गर्दै आएको छ। यो समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ‘विशाल सभा’ गर्ने जनाएको छ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले माघ २३ गते काठमाडौंको नारायणहिटी दरबारअघि सभा गर्ने भएको छ। त्यसको प्रचारका लागि आज बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली समेत गरिँदैछ।

मध्यान्ह १२ बजे बालकुमारीबाट शुरु हुने र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुनेछ।

प्रतिक्रिया