

सेक्स जीवन ध्वस्त पार्ने यी ५ रोगहरू

मानिस वयस्क भइसकेपछि वा विवाहपछि विपरित लिंगीबीचको आकर्षण अपरिहार्य हो । त्यसको प्रमुख कारण भन्नु नै सेक्स हो । वयस्क मानिसलाई विपरित लिंगीसँगको सेक्स सम्बन्ध ज्यादै राम्रो हुनु आवश्यक छ, त्यही माथि विवाहित जोडीका लागि त अपरिहार्य नै हो । आप्mनो पार्टनरसँग सेक्स सम्बन्ध राखीराख्नु सम्बन्ध सुमधुर हुने संकेत हो ।
सेक्सले कुनै पनि व्यक्तिको सेक्सुअल हर्मोन र शरीरलाई समेत स्वस्थ्य राख्दछ । पछिल्ला समयमा बढ्दो स्वास्थ्य समस्याका कारण विभिन्न रोगहरुले सेक्स जीवनलाई ध्वस्त बनाउन सक्दछ । त्यसैले आप्mनो स्वास्थ्य अवस्था राम्रो राख्नु पर्दछ । सेक्स जीवनलाई सबैभन्दा धेरै असर पार्ने ५ रोगहरु यी हुन् ।
डायबिटीज अर्थात् मधुमेहः डायबिटीज रोगी पुरुषको एरेक्सन तथा एजाकुलेशल जस्ता समस्या देखा पर्दछन् । हाई ब्लड सुगरका कारण हाम्रो शरीरका रक्तवाहिका अथवा नशामा नराम्रो असर पर्दछ जसले गर्दा सेक्स अंगहरुमा साधारण रक्त सञ्चारमा असर पर्दछ भने महिलाको योनी सुख्खापन हुनुका साथै सेक्स गर्दा पीडा हुने हुनाले सेक्सको कम आवश्यकता महसुस गर्ने गर्दछन् । स्वस्थ्य रहनु नै यसको समस्याको समाधान हुनसक्दछ ।

क्रोनिक पेन (कुनै भागको दुखाई): क्रोनिक पेन अर्थात् शरीरको कुनै भागको विशेष दुखाई पनि सेक्सका लागि प्रमुख बाधक बन्न सक्दछ । दुखाई कम गर्ने औषधीको प्रयोग गर्नु पनि सेक्सका लागि बाधक बन्न सक्दछ । केही पेनकिलरहरुले सेक्सकार्यमा साइड इफेक्ट पार्दछ ।

मुटुसम्बन्धी रोगः यदि तपाईलाई मुटुसम्बन्धी रोग छ भने पनि सेक्सका लागि सचेत हुनुपर्दछ । केही समयअघि हृदयाघात भएको व्यक्तिले सेक्स अघि ज्यादै सतर्क रहनुपर्ने अध्ययनहरुले देखाएका छन् ।

डिप्रेशनः पछिल्ला दिनमा विश्वका धेरै मानिसहरु डिप्रेसन अथवा मानसिक रोगबाट ग्रसित छन् । डिप्रेसनमा रहेका व्यक्तिहरुले आप्mनो मनोदशालाई नियन्त्रण गर्न नसक्ने र विभिन्न औषधीहरु सेवन गर्ने हुनाले सेक्स जीवनमा असर पार्दछ, त्यस्तै सेक्स गर्ने क्रममा चरम सुख नपाउने सम्भावना धेरै रहन्छ ।

जोर्नी दुखाईः मानिसका शरीरका हड्डी एवं जोर्नीहरुको दुखाईका कारणले पनि सेक्स जीवनमा असर पार्दछ । सेक्सको बेला मानव शरीरका हरेक अंग र जोर्नीहरु सक्रिय रहनुपर्ने भएकाले जोर्नीसम्बन्धी रोग भएकाहरुलाई सेक्सको समस्या हुनसक्दछ ।


