उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण समारोह बहिस्कार


काठमाडाैं – संवैधानिक आयोगहरूमा नियुक्त भएका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन्। संवैधानिक निकायका पदाधिकारीको वुधबार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन्।

नेकपा विवादको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि देखिएको हो । नेकपा विभाजित भएपछि संवैधानिक अंगभित्र पनि त्यसको असर देखिन थालेको छ । उपराष्ट्रपति पुन प्रचण्ड–नेपाल समूहनिकट हुन् ।

उपराष्ट्रपति पुन स्वास्थ्यका कारण सपथमा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ। समारोहमा स्वास्थ्यका कारण उपस्थित हुन नसक्नेबारे हिजोनै राष्ट्रपति कार्यालयलाई जानकारी गराएको उपराष्ट्रपतिका प्रेस विज्ञ मनोज घर्तिमगरले बताएका छन् ।

सभामुख सापकोटाको सचिवालयले भने गैरसंवैधानिक कार्यको साक्षी बस्न जान नसकिएको बताएको छ। ‘हामीले सुनुवाई सम्वन्धि पत्र फिर्ता पठाइसकेका छौं। यो सरासर गैरसंवैधानिक छ। त्यसको साक्षी सभामुख बस्न सक्नु हुन्नु, सचिवालयले भन्यो।

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।

प्रतिक्रिया