अमेरिकाले खसाल्यो आफ्नो आकाशमा उडिरहेको ‘चिनियाँ जासुसी बलुन’


काठमाडौं – अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ ‘जासुसी बलुन’ खसालेको बताएको छ । केही दिनयता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हो ।

सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएको थियो । विष्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरुले सोही बलुनको टुक्राहरु निकाल्ने काम थालेका छन् ।

अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहेको छ । तर चीनले भने गुप्तचरी प्रयोजन नभएर यो बलुन मौसमी अध्ययनको लागि उडेको प्रतिक्रिया दिएको छ । एजेन्सी

प्रतिक्रिया