


रास्वपाको ‘निर्णायक’ बैठक सुरु

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सुरू भएको छ।
पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।
नागरिकता प्रकरणमा दोषी ठहर हुँदै लामिछानेले यसअघि सबै उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए। गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि मन्त्री हुन दौडधुप गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृह मन्त्रालय नदिने अडान लिए।
यता सत्ता साझोदर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने उनलाई सहमति अनुसार गृह मन्त्रालय दिनुपर्ने अडान राख्दै आएको छ।
यसैबीच सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पत्रकार सम्मेलन पार्टीको बैठकपछि बसुन्धरामै हुनेछ।

