देशभर थप १ जनामा कोरोना पुष्टी, १४ जना सक्रिय संक्रमित


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११६१ नमूना परिक्षणमा १ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ३ जना कोरोनामुक्त भएका थिए भने २ हजार ८०८ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

अहिलेको अवस्थामा देशभर १४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट १२ हजार २० जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिलेसम्म एन्टीजेन र पीसीआर विधिबाट कोरोना परिक्षण गर्दा ११ लाख ५३ हजार ३३६ जनामा कोरोना पुष्टी भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया