रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघि सुरु भएको हो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेको विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न लागेको हो। गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको रास्वपाले आज त्यसविषयमा पनि छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

प्रतिक्रिया