
अख्तियारका पूर्वआयुक्त र नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्।
उनीसँगै भ्रष्टाचार काण्डमा जोडिएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई तीन वर्ष कैद र ३९ लाख जरिवाना सजाय सुनाएको छ।
विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई दोषी ठहर गरेको हो।
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता सम्बन्धमा पाठकले न्यौपानेसँग ७८ लाख घुस लिएको खुलासा भएको थियो।



कागजपत्र |
