

देशभर थप २ मा कोरोना पुष्टी, ३ जना डिस्चार्ज

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप २ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरएका ७८३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । अहिलेको अवस्थामा नेपालमा २१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

